मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

Nagarik Sewa 4720+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

काठमाडौं। नेपाल आयल निगमले  बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो।

विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जारी विज्ञप्तिमा उल्लेख रिएको छ। सो युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा रु. ५ अब घाटा हुने देखिएको निगमले जनाएको छ। पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्जमा पेट्रोल १८४.५० कायम हुनेछ। दोस्रो वर्ग अन्तर्गतसुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार