मुख्य समाचार
नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला | राज्यबाट कानुनी उपहास भयो, दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्नेछ: एनसेल | पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै |

७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा

Nagarik Sewa 4718+ समाचार ( )
२९ श्रावण २०८३, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनबाट गगन थापालाई ७१ प्रतिशत मतसहित सभापति बनाइने बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उपसभापति शर्माले असन्तुष्ट पक्षलाई संवादमा आउन र प्रतिकूलता चिरेर महाधिवेशनमा जानुपरेको खण्डमा गगनलाई नै ७१ प्रतिशत मतका साथ सभापति बनाइने बताएका हुन् ।

“संवाद वा अदालती प्रक्रियाबाट टुंगो लागे तापनि १५औँ महाधविशेन मंसिरभन्दा अघि गर्नुपर्नेछ । त्यस्तै प्रतिकूलता चिरेर जानुपरे गगन थापाको नाममा ५१ होइन, ७१ प्रतिशत मत ल्याइराखेर सभापति बनाएर कांग्रेसलाई नयाँ उर्जाका साथ लिएर जान्छौँ,” उनले भने । संस्थापनइतर समूहलाई उनले पत्रकार सम्मेलनबाटै दुई विकल्पमा छलफल गर्न सुझाव दिए । पहिले नै पठाएको सात बुँदे प्रस्तावमा छलफल गर्ने कि निन्दा सम्मेलन भाग-२ गर्ने भन्ने प्रश्न शर्माले गरे ।

“त्यो सात बुँदामा हटाउनुपर्ने, घटाउनुपर्ने, थप्नुपर्ने के हो, त्यसमा छलफल गर्नुहोस्, यो विषयमा खुला संवाद होस्,” उनले भने, “अर्को विकल्प, त्यो संवाद छाडेर जाने र निन्दा सम्मेलन भाग-२ को रूपमा सम्मेलन गर्ने, सभापतितिर फर्केर तीतो अभिव्यक्ति राखेर जाने र निर्वाचन आयोगको निर्णय, डिभिजन बेञ्चको निर्णय उपर के हुन्छ अवलोकनलाई पर्खेर बस्ने ।”

उनले, २०८३ मंसिर उता नेपाली कांग्रेसको महाधिवेशन लिएर जान पाउने संवैधानिक कानुनी बन्दोबस्त नभएका कारण निर्धारित समयभित्रै महाधिवेशन भइछाड्ने बताए । असोजको निर्धारित समयभित्र महाधिवेशन हुने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै