१४.२१ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4904+ समाचार ( )
१२ चैत्र २०८२, बिहीबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन बुधबार  नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा अडिएको थियो।

नेप्से परिसूचक बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा कमी आएको छ। यसदिन ३४३ वटा स्क्रिप्सको ३ करोड ४ लाख  ३८हजार ३१५ रुपैयाँमा खरिदबिक्री भए। बुधबारको सेयर बजारमा  १५ अर्ब ९ करोडको कारोबार भएको थियो।कारोबारमा आएकामध्ये १७८ वटा स्टक्सको मूल्य बढ्दा ८० वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार