राष्ट्रिय क्रिकेट टोली भोलि यूएई प्रस्थान गर्ने

Nagarik Sewa 4426+ समाचार ( )
५ अशोज २०८२, आइतबार

काठमाडौं। वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी २० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार यूएई प्रस्थान गर्ने तयारी भएको छ। नेपाली क्रिकेट टोलीले अन्ततः संयुक्त अरब इमिरेट्स (युएई) को भिसा प्राप्त गरेको छ ।

नेपालमा हालै भएको ‘जेन–जी आन्दोलन’ र त्यसक्रममा हजारौं कैदीहरू जेलबाट भागेपछि युएईले नेपाली नागरिकहरूलाई भिसा जारी गर्न रोक लगाएको थियो । जसको मारमा नेपाली क्रिकेटर पनि परेका थिए । शुक्रबार नै नेपाली टोली उड्ने तयारी भएपनि रोकिएको थियो । तर आईसिसीको पहलमा आज भिसा प्राप्त भएको हो ।

भिसामा ढिलाई भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र यूूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो। नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी २० आई सिरिज खेल्न लागेको हो। सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ(आफ्नो टोली घोषणा गरिसकेका छन्। युनिटी कपका लागि अनलाइन टिकेट समेत खुला भइसकेको छ। क्यानले टोलीलाई बिहीबार नै बिदाइ गरिसकेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै