रासस अध्यक्ष झाद्वारा राजीनामा

Nagarik Sewa 4469+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार

काठमाडौं। राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले आजका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससको अध्यक्षमा नियुक्त गरेको थियो ।

 ‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु। नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु  र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामामा लेखेका छन्, ‘यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै