मुख्य समाचार
यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू | फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्वाचन आयोगको निर्देशन | राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी हाम्रो होः संयोजक प्रचण्ड | प्रेम दिवस विशेष कविताः खै के बनेर आयौ तिमी मेरो जिवनमा? | सिन्धुपाल्चोक २ मा मतदाताको मन जित्दै चौलागाईं : ठूला दल दबाबमा, चुनावी माहोल थप रोचक बन्दै | रामेछापमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु | १७ औँ राष्ट्रिय बाल नाट्य महोत्सव रूसी घर काठमाडौंमा सुरु | एसियाली खेलकुदलक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन | उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपीभी खोप लगाइँदै | सुनको मूल्यमा वृद्धि |

१७ औँ राष्ट्रिय बाल नाट्य महोत्सव रूसी घर काठमाडौंमा सुरु

Nagarik Sewa 4035+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

काठमाडौं । १७औँ राष्ट्रिय बाल नाट्य महोत्सव आज रूसी घर (Russian House), काठमाडौंमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। नाट्य तथा साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएको हो।

फेब्रुअरी ९ देखि १४ सम्म सञ्चालन हुने महोत्सवमा नेपालका विभिन्न सहरबाट सहभागी विद्यालयीय नाट्य समूहहरूले तयार पारेका १८ वटा नाटक मञ्चन गरिने आयोजकले जनाएको छ। महोत्सवको समापन विशेष पुरस्कार वितरण समारोहसहित गरिनेछ, जसमा महान् रूसी लेखक तथा नाटककार आन्तोन चेखोभको सम्मानमा स्थापना गरिएका उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्री पुरस्कार प्रदान गरिनेछ।

यो महोत्सव रूसी घर र शैली थिएटरबीच विगत १६ वर्षभन्दा लामो समयदेखि हुँदै आएको सहकार्यको निरन्तरता हो। बालबालिकाको सिर्जनशीलता, अभिव्यक्ति क्षमता र मञ्चीय आत्मविश्वास विकास गर्नुका साथै नेपाल–रूस सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउनु यसको मुख्य उद्देश्य रहेको छ। यस वर्षको महोत्सव नेपाल–रूस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ र विश्वप्रसिद्ध बोल्शोई थिएटरको २५०औँ वार्षिकोत्सवको अवसरमा समर्पित गरिएको छ।

उद्घाटन समारोहको अध्यक्षता शैली थिएटरका अध्यक्ष एन. बुद्धाथोकीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रख्यात कवि तथा साहित्यकार एल. बी. क्षेत्री सहभागी रहनुभएको थियो।

कार्यक्रममा प्रख्यात लेखक तथा कवि रामबाबु सुवेदी, रूसका लागि नेपालका पूर्व राजदूत प्रा. जङ्गब चौहान तथा महोत्सव सल्लाहकारहरू,नाटककार तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्याल र कवि तथा गीतकार प्रमोद सारङको पनि उपस्थिति रहेको थियो। औपचारिक उद्घाटनपछि महोत्सवको पहिलो दिन भक्तपुरस्थित मेरिगोल्ड विद्यालयको नाट्य टोलीद्वारा प्रस्तुत नाटक “पार्वती” मञ्चनसँगै कार्यक्रम सुरु भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै