मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन तीन शिर्ष नेताको आह्वान

Nagarik Sewa 4674+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

काठमाडौं । तीन राजनीतिक दलका शिर्ष नेताहरुले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा ऐक्यवद्धता जनाएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताउनुभयो । उहाँकाअनुसार छलफलमा देशको विद्यमान परिस्थितिको बारेमा कुराकानी भएको छ ।

खरेलले विद्यमान राजनीतिक अवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको बताउनुभयो । संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको उल्लेख गर्नुभयो ।

छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामको बारेमा छलफल भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै