मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

विशेष महाधिवेशन पक्षधरहरूले घेरे कांग्रेस पार्टी केन्द्रीय

Nagarik Sewa 4697+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्। विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले केन्द्रीय कार्यालय घेरेर नारा लगाएका थिए ।

पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ। विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रिय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन् । 

पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ । काँग्रेसको यो आन्तरिक कलहले आगामी फागुनमा हुने संसदीय निर्वाचनलाई समेत प्रभावित पार्ने देखिएको छ । पार्टी एकताका लागि छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार