मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

अझै तीन दिन भारी वर्षाको पूर्वानुमान

Nagarik Sewa 4674+ समाचार ( )
१८ श्रावण २०८३, सोमबार

काठमाडौं । देशका केही स्थानमा अझै तीन दिन (साउन १८–२०) भारी वर्षाको पूर्वानुमान छ । कतिपय ठाउँमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार (साउन १८) दिउँसो देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । “कर्णाली प्रदेशको पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाले भनेको छ ।

यस दिन राति कोसी, वाग्मती र गण्डकीका हिमाली, पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । “कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” महाशाखाले भनेको छ । मंगलबार (साउन १९) कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडी तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

बुधबार (साउन २०) कोसी, वाग्मती र गण्डकीका हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पार्ने मनसुन प्रणाली हाल सक्रिय अवस्थामा छ । मनसुन सक्रिय हुँदा देशभर वर्षाको गतिविधि बढेको महाशाखाले जनाएको छ । “हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ,” महाशाखाले भनेको छ, “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभागनजिक रहेको छ ।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि यो हप्ता तराईसहित नेपालभरि ‘राम्रै’ वर्षा हुने औँल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार