काठमाडौं । पुँजी बजार सुधारका लागि सरकारले कार्ययोजना ल्याए पनि त्यसको प्रभाव सेयर बजारमा देखिएन । मंगलबार (भदौ ३०) ४८.५७ अंकले बढेको नेप्से दोस्रो दिन बुधबार नै २१.१९ अंकले घटेको छ । यो दिन सूचक घटेर २६१२.४२ विन्दुमा आइपुगेको छ । कारोबार रकम पनि घटेर पुरानै अवस्थामा पुगेको छ ।
मंगलबार आठ अर्बमाथिको सेयर कारोबार भएकामा बुधबार पाँच अर्ब ३८ करोडको मात्रै कारोबार भएको हो । बजार खुलेबाटै करेक्सनमा जान थालेपछि अधिकांश कम्पनीको मूल्य घट्न पुगेको छ । कारोबारमा आएका ३५० कम्पनीमध्ये २२५ वटाको मूल्य घटेको छ । ४२ कम्पनीको सेयर मूल्य बढ्दा १२ वटाको स्थिर रह्यो ।
आज सर्वाधिक मूल्य बढ्नेमा नारायणी विकास बैंक अगाडि छ । यो कम्पनीको मूल्य ६.३७ प्रतिशतले बढ्दा रिजलाइन इनर्जीको ५.२१ प्रतिशतले मूल्य घटेको हो । यसबाहेक एनएमबी हाइब्रिड फन्डको मूल्य पनि ७.७३ प्रतिशतले घटेको हो । घटेको बजारमा लगानीकर्ताले सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार गरेका छन् । यो कम्पनीको एक दिनमै ३७ करोड बराबरको सेयर कारोबार भएको हो ।