नेपालमा बेलिब्रिज पठाउने तयारीमा छौँ: भारतीय प्रवक्ता

Nagarik Sewa 4771+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

काठमाडौं । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयशवालले नेपालमा बेलिब्रिज पठाउन लागिएको बताएका छन् । बुधबार भोटेकोसी नदीमा आएको बाढीले थुप्रै पुल भत्काउँदा यातायात सम्पर्क टुटेको उल्लेख गर्दै उनले बेलिब्रिज पठाउन लागिएको जनाएका हुन् ।

“बेलीब्रिज पठाउनको लागि हामी काम गरिरहेका छौँ,” बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जयशवालले भने । उनले कतिवटा बेलिब्रिज पठाउन तयारी भारतले गरिरहेको हो भन्ने बारेमा स्पष्ट बताएनन् ।

नेपालले माग गरेअनुसार राहत सामाग्री र बेलिब्रिज पठाउन लागिएको उनले बताए । उनले हालसम्म दुई खेपमा नेपालमा ४७.५ टन राहत सामाग्रीहरू भारतले पठाएको जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै