नदी–खोलाको मापदण्ड खारेज गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

Nagarik Sewa 4431+ समाचार ( )
५ माघ २०८२, आइतबार

काठमाडौं। काठमाडौं उपत्यकाका खोला तथा सडक किनारका बासिन्दाहरूले नदी–खोलाको मापदण्ड खारेज गर्न माग गर्दै माईतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले सर्वोच्च अदालतको खोला किनारमा थप २० मिटर मापदण्ड तोक्ने निर्णयलाई गैरन्यायिक भन्दै यसको खारेजी माग गरेका छन्।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति, भूमि अधिकार संरक्षण संघर्ष समिति, विष्णुमति करिडोर तदर्थ समिति लगायतका संगठनहरूको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले जोडदार नाराबाजी गरेका हुन्। प्रदर्शनकारीहरूले ‘फैसला होइन न्याय दे’, ‘गैरन्यायिक खोला मापदण्ड खारेज गर’, ‘जनतालाई उठिबास गर्ने मापदण्ड खारेज गर’, ‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’ जस्ता प्लेकार्ड बोकेका थिए । 

सर्वोच्च अदालतले यसअघि वागमती, विष्णुमती, मनोहरा जस्ता मुख्य नदीहरूको दायाँबायाँ थप २० मिटर क्षेत्रमा संरचना निर्माण नगर्न आदेश दिएको थियो । यो निर्णय कार्यान्वयन हुँदा उपत्यकाका १९ वटा खोलामा करिव ८४ हजार घरधुरी प्रभावित हुने अनुमान छ । पीडितहरूका अनुसार यो मापदण्डले जग्गाको मूल्य शुन्य हुने र हजारौं परिवार विस्थापित हुने खतरा बढाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार