मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

७ महिनामा ११ खर्बको आयात

Nagarik Sewa 4669+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं ।  नेपालको आयातनिर्यात अनुपात १४.०३ प्रतिशतले ऋणात्मक देखिएको छ।  चालू आर्थिक वर्षको पहिलो सात महिनामा आयात १३.६५ प्रतिशत, निर्यात ३२.१९ प्रतिशतले बढेको छ। साउनदेखि पुससम्म व्यापारघाटा समेत १०.९१ प्रतिशतले बढेको छ। 

त्यसैगरी वैदेशिक व्यापारको आकार समेत १५.७६ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ।  विभागका अनुसार पुससम्म नेपालले ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाख १३ हजार रुपैयाँको आयात गरेको छ। गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाखको आयात गरेको थियो। 

यो अवधिमा १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख २४ हजार रुपैयाँको निर्यात भएको छ। गत वर्षको पहिलो ७ महिनामा नेपालले १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजारको निर्यात गरेको थियो।  आयात बढ्दा व्यापारघाटा समेत ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख ८९ हजार पुगेको छ। गत वर्ष सोही अवधिमा ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख ७१ हजार रहेको थियो। 

गत वर्ष ७ महिनामा नेपालको वैदेशिक व्यापारको आकार ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रहेकामा यस वर्षको सोही अवधिमा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख ३६ हजार पुगेको छ। पहिलो ७ महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.०२ प्रतिशत छ। गत वर्ष यस्तो हिस्सा ११.४० प्रतिशत थियो। त्यसैगरी आयातको हिस्सा ८६.९८ प्रतिशत छ। गत वर्ष ८८.६० प्रतिशत थियो। तुलनात्मक रुपमा कुल व्यापारमा आयातको हिस्सा गत वर्षको ७ महिनाको तुलनामा यस वर्ष ७ महिनामा १.८३ प्रतिशतले ऋणात्मक छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार