नयाँ दल दर्ताको निवेदन अध्ययन गर्दै निर्वाचन आयोग

Nagarik Sewa 4431+ समाचार ( )
८ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका निम्ति निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।

आउँदो फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरिनुअघि १० दल दर्ताका निम्ति निवेदन दिइएको थियो । निर्वाचन घोषणापछि पाँच दल दर्ताका निम्ति निवेदन दिइएको र तिनका कागजात विचाराधीन अवस्थामा रहेको आयोगको भनाइ छ ।

सामान्यतः आयोगमा दल दर्ताका निम्ति जहिले पनि निवेदन दिन सकिन्छ । तर, ‘जेनजी’ आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरिएको परिवेशमा युवापुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ ।

प्रक्रिया पुग्नेको आवेदन स्वीकृत हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै