चिलिमे सुरुङमा भेटियो तीनजनाको शव

Nagarik Sewa 4846+ समाचार ( )
३१ भाद्र २०८३, बुधवार

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटिएको छ ।  बुधबार दिउँसो खोज तथा उद्धार टोलीले शव भेटाएको हो । फेला परेका शवको पहिचान हुन बाँकी रहेकाे स्रोतले जानकारी दियो । 

भदौ १० मा रसुवाको भोटेकोसी नदीमा आएको बाढीले चिलिमेसहितका जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । आयोजनाका कामदार तथा कर्मचारी बाढीमा परेर बेपत्ता छन् । सुरुङभित्र रहेको आशंकामा नेपाली सेनासहितको टोलीले खोजी गरिरहेको थियाे । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै