बुटवल । प्रदेश लोक सेवा आयोग लुम्बिनीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष आफ्नो सातौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । आयोगका अध्यक्ष हरिप्रसाद बस्यालले मुख्यमन्त्री आचार्यलाई आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा बुधबार प्रतिवेदन बुझाइएको प्रदेश लोक सेवा आयोगका सचिव शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।
आयोगका अनुसार, आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न सेवाका एक हजार १६४ पदका लागि विज्ञापन आह्वान गरिएको थियो । त्यसमध्ये अन्तर तह, खुला तथा समावेशीतर्फ ८६३ र बढुवातर्फ ३०१ पद रहेका छन् । ती पदका लागि विद्युतीय दरखास्त प्रणालीमार्फत ८९ हजार ३१ वटा दरखास्त स्वीकृत भएका थिए । आयोगले स्थायी नियुक्तिका लागि विभिन्न तहमा २६० जना उम्मेदवारलाई सिफारिस गरेको छ । यस्तै, वैकल्पिक उम्मेदवारका रूपमा ३१ जनाको नाम सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।