मुख्य समाचार
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा | समृद्धि शाहले जितिन् वर्ल्ड राइजिङ स्टारको शीर्ष उपाधि | कांग्रेसको संस्थापन समूहद्वारा दुई महामन्त्री र एक सहममन्त्रीलाई पाँच वर्ष अवधिका लागि निष्कासित | नेकपाको केन्द्रीय सदस्य बनिन् युवा नेतृ अञ्जना पोखरेल | पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना | गाजामा क्षतिग्रस्त भवन आँधीले भत्काउँदा ५ प्यालेस्टाइनीको मृत्यु | बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ | कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी दर्ता | तोलामा १५ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु |

केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए

Nagarik Sewa 3912+ समाचार ( )
४ आश्विन २०८२, बुधवार

काठमाडौं । ‘केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिएका छन् । इजरायल र इरानबीच युद्ध चर्किएपछि उनीहरूलाई इजरायल जान रोकिएको हो ।

“उहाँहरूको इजरायल जाने फ्लाइट यही जेठ ७ गतेलाई थियो,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले भने, “इजरायलबाट उनीहरूलाई तत्काल नपठाउन भनि पत्राचार भएपछि इजरायल जान लाग्नु भएका ३५ जनालाई तत्काललाई रोकिएको छ ।” 

केयर गिभरको रूपमा इजरायल जान लागेका ३५ जनाको सम्पूर्ण कार्य सकिएको थियो । भिसादेखि टिकेटिङसम्म सबै सकेर जाने तयारी गरिरहेका बेला इजरायल र इरानबीच युद्ध चर्केका कारण रोकिएको उनले जनाए । 

प्रवक्ता शिवाकोटीका अनुसार, इजरायलले अर्को सूचना जारी नगरेसम्म उनीहरूलाई नपठाउन भनिएको छ । युद्ध मत्थर भएपछि र उडानहरू नियमति भएपछि उनीहरू इजरायल जान पाउनेछन् ।  गत बिहीबार इजरायलले इरानमाथि अचानक हवाई आक्रमण गरेपछि दुई देशबीच युद्ध चर्केको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार, इजरायल र इरानबीचको युद्धमा हालसम्म २४० इरानीको मृत्यु भइसकेको छ । मृत्यु भएका इरानीमध्ये ७० जना महिला तथा बालबालिका छन् । यस्तै, इरानको आक्रमणमा परी २४ जना इजरायलीको मृत्यु भएको छ ।

इजरायलमा विद्यार्थी र कामदार गरी पाँच हजार ५०० जना नेपाली रहेको अनुमान छ । युद्ध बढ्दै जाँदा त्यहाँ रहेका नेपाली त्रसित बन्दै गएका छन् र तेल अभिभस्थित नेपाली दूतावासमा सम्पर्क गरी आफूहरूलाई स्वदेश फर्काउन अनुरोध गरिरहेका छन् । 

स्वदेश फर्कन चाहने नेपालीको संख्या बढेपछि इजरायलस्थित नेपाली दूतावासले बुधबार एक सूचना प्रकाशित गरी नेपाल फर्कन चाहने नेपालीलाई आफ्नो नाम अनलाइन रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै