मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए

Nagarik Sewa 2364+ समाचार ( )
४ आश्विन २०८२, बुधवार

काठमाडौं । ‘केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिएका छन् । इजरायल र इरानबीच युद्ध चर्किएपछि उनीहरूलाई इजरायल जान रोकिएको हो ।

“उहाँहरूको इजरायल जाने फ्लाइट यही जेठ ७ गतेलाई थियो,” वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले भने, “इजरायलबाट उनीहरूलाई तत्काल नपठाउन भनि पत्राचार भएपछि इजरायल जान लाग्नु भएका ३५ जनालाई तत्काललाई रोकिएको छ ।” 

केयर गिभरको रूपमा इजरायल जान लागेका ३५ जनाको सम्पूर्ण कार्य सकिएको थियो । भिसादेखि टिकेटिङसम्म सबै सकेर जाने तयारी गरिरहेका बेला इजरायल र इरानबीच युद्ध चर्केका कारण रोकिएको उनले जनाए । 

प्रवक्ता शिवाकोटीका अनुसार, इजरायलले अर्को सूचना जारी नगरेसम्म उनीहरूलाई नपठाउन भनिएको छ । युद्ध मत्थर भएपछि र उडानहरू नियमति भएपछि उनीहरू इजरायल जान पाउनेछन् ।  गत बिहीबार इजरायलले इरानमाथि अचानक हवाई आक्रमण गरेपछि दुई देशबीच युद्ध चर्केको छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार, इजरायल र इरानबीचको युद्धमा हालसम्म २४० इरानीको मृत्यु भइसकेको छ । मृत्यु भएका इरानीमध्ये ७० जना महिला तथा बालबालिका छन् । यस्तै, इरानको आक्रमणमा परी २४ जना इजरायलीको मृत्यु भएको छ ।

इजरायलमा विद्यार्थी र कामदार गरी पाँच हजार ५०० जना नेपाली रहेको अनुमान छ । युद्ध बढ्दै जाँदा त्यहाँ रहेका नेपाली त्रसित बन्दै गएका छन् र तेल अभिभस्थित नेपाली दूतावासमा सम्पर्क गरी आफूहरूलाई स्वदेश फर्काउन अनुरोध गरिरहेका छन् । 

स्वदेश फर्कन चाहने नेपालीको संख्या बढेपछि इजरायलस्थित नेपाली दूतावासले बुधबार एक सूचना प्रकाशित गरी नेपाल फर्कन चाहने नेपालीलाई आफ्नो नाम अनलाइन रजिष्ट्रेसन गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार