काठमाडौं। आगामी २४ घण्टा देशका अधिकांश भूभागमा साधारणतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान ८ बजे जारी गरिएको पूर्वानुमान अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रहने सम्भावना छ।
यस्तै आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने र बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने समेत महाशाखाले जनाएको छ। आज राति पनि कोशी प्रदेशका पहाडी–हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सफैँ रहने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।