काठमाडौं । विभिन्न सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल छिरेको पाइएको छ । नेपाल प्रहरीले गरेको अनुसन्धानमा कम्तिमा पनि ५२६ जना रोहिंग्या नेपाल छिरेको पाइएको हो । प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा प्रवक्ता अभिनारायण काफ्लेले यस्तो जानकारी गराएका हुन् । केही दिनअघि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या नेपाल प्रवेश गरेको पाइएको बताएका थिए ।
जसमध्ये १६२ पुरुष, १४८ महिला र बाँकी २१६ जना बालबालिका रहेका छन् । उनीहरु कपन, राममन्दिर र ललितपुरको सुनाकोठी क्षेत्रमा रहेको पाइएको छ ।