सिन्धुपाल्चोक l सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सम्पन्न भएको प्राबि (६–८) को नगरस्तरिय हाजिरी जवाफ प्रतियोगितामा महाकाली माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । नगरपालिका अन्र्तगतको वार्षिक विकास कार्यक्रम तथा शैक्षिक क्यालेण्डर २०८१ अनुसार आयोजित उक्त प्रतियोगितामा बाह्रबिसे नगरपालिका भित्रका १५ वटा सामुदायिक तथा १ निजी विद्यालय गरी जम्मा १६ वटा विद्यालयहरुको सहभागितामा नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको होे ।
उक्त प्रतियोगितामा सिगार्चे आधारभुत विद्यालय द्धितीय, सरस्वती माध्यमिक विद्यालय तृतीय र गोरखानाथ आधारभुत विद्यालय सान्तवना भएको छ ।
नगर शिक्षा शाखा अधिकृत रोहित भट्टको अध्यक्षता तथा बाह्रबिसे नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा र उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा शुक्रबारआधारभुत तह नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेतले यस्ता क्रियाकलापले विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने बताउनुभयो ।
यस्तै नगरपालिकाका नगर उपप्रमुख मन्जु तामाङले हाजिरीजवाफ प्रतियोगिताले बालबालिका विद्यार्थीहरुलाई पढाई प्रति उत्साह थप बढ्ने र उनीहरूलाई दैनिक जीवनमा आईपर्ने कामहरुलाई सजिलो ढङ्गले निर्वाह गर्न मदत पुग्ने कुरा व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम हुने महाकाली माध्यमिक विद्यालयले नगद १० हजार, द्धितिय सिगार्चे आधारभुत विद्यालयले नगद ७ हजार, तृतीय सरस्वती माध्यमिक विद्यालय ५ हजार र सान्तवना गोरखानाथ आधारभुत विद्यालयले नगद ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको पत्रकार नेत्र बहादुर बस्नेतले समाचार दिनु भयो ।