नेपाल बैंक र न्युरो कार्डियो हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता

Nagarik Sewa 4387+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

विराटनगर l नेपाल बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि.बीच अस्पतालले उपलब्ध गराउने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी तथा ग्राहकवर्गलाई अस्पतालका विविध स्वास्थ्य सेवाहरुको बिल रकममा ५ देखि ५० प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुनेछ।

मोरङ जिल्लाको विराटनगर–१० मा रहेको अस्पतालसँग भएको सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट र अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका छन्।

२०७९ साल भाद्र २ गते सम्पन्न उक्त सम्झौता स्वास्थ्य सेवा पहुँचलाई सहज र किफायती बनाउन महत्वपूर्ण कदम हुने अपेक्षा लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार