काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनुवारले निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियतता भएको भन्ने विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरेका छन् । लेखा समितिको बैठकमा उनले छानबिन समिति बनेपछि हालका गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरिक्षक दानबहादुर कार्की पदमा बस्न नमिल्ने बताए ।
पोसाक खरिदमा हिनामिना भएको उजुरीबारे महानिरीक्षक कार्कीले के भने ? "तत्काल छानबिन समिति बन्नुपर्यो । छानबिन समिति बनेपछि गृहसचिव र आईजीपीलाई जिम्मेवारीबाट निकालेर कठघरमा उभ्याउनुपर्छ," उनले भने । फागुन २१ को निर्वाचनका बखत गृहमन्त्रीको जिम्मेवारीमा रहेका ओमप्रकाश अर्याल र तत्कालीन सशस्त्र प्रहरीका प्रमुख राजु अर्याललाई पनि तत्काल बोलाउन उनले माग राखे ।
"मिलिमतोका आधारमा व्यापारी छनोट भए भन्ने कुरा उजुरीकर्ताको छ । गृहमन्त्री लगायतको छानबिन गर्दा भेटिने उजुरी छ । थप आवश्यक अनुसन्धान जरुरी छ," उनले भने । उजुरीबारे समितिमा छलफल भइरहेको छ ।