५.३२ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4507+ समाचार ( )
१० मंगशिर २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेर २६५५.९९ बिन्दुमा पुगेको छ । आज ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबार नेप्से बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज भएको सेयर कारोबारमा झापा इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने जोशी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से झिनो अंकले वृद्धि हुँदा विकास बैंक, जीवन बिमा, म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको उपसूचक हरियाली रह्यो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार