मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित

Nagarik Sewa 1242+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं। महिला टी २०आई शृंखलाको अन्तिम खेलमा पनि नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्यान्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो।

थाइल्यान्डका लागि कप्तान नरुएमोल चाइवाइले अविजित २७ रन बनाइन्। त्यस्तै नन्नापाटले २३ न र नाट्टाया बुचाथामले ११ रन बनाए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेललमा ७ विकेटको क्षतिमा ८१ रन बनाएको थियो। नेपालका लागि सम्झाना खड्काले सर्वाधिक १७ रन बनइन्। त्यस्तै कविता जोशीले १४, इन्दु बर्माले १० र रजमती ऐरीले ११ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

शृंखलाको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो। दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। त्यस्तै चौथो खेलमा थाइल्यान्डसँग ५ विकेटले पराजित भएको नेपाल पाँचौं खेलमा नेदरल्यान्डससँग १० विकेटले पराजित भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै