मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

युएसएडले नेपाललाई दिने आर्थिक सहयोग तत्काल ९० दिनका लागि स्थगित

Nagarik Sewa 4881+ समाचार ( )
१४ माघ २०८१, सोमबार

काठमाडौं। अमेरिको सहयोग नियोग (युएसएड)ले नेपाललाई दिने आर्थिक सहयोग तत्काल ९० दिनका लागि स्थगित गरेको छ । युएसएडले अर्थमन्त्रालयलाई पत्र लेख्दै ४ वटा आयोजनामा प्राप्त अनुदान सहयोग रोकिएको जानकारी गराएको हो। युएसएडले नेपाललाई यी आयोजनाका लागि ८० अर्ब नेपाली रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको थियो । धेरै अमेरिकी अनुदान पाउने मुलुकमा नेपाल १६ औं स्थानमा छ ।

९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत युएसएड स्रोततर्फ कुनै दायित्व सिर्जना हुने छैन । युएसएड र नेपाल सरकारबीच २०२२ मे ५ मा हस्ताक्षर भएको डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट मार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणाली मार्फत सर्वसञ्चित कोषबाट भुक्तानी हुने प्रक्रितिका ४ वटा आयोजनामा युएसएडले अनुदान रोक्का गरेको हो । युएसएड स्वास्थ्य, कृषि, शिक्षा र समावेशी नीति सम्बन्धी प्रत्यक्ष वित्तीयकरण परियोजनाका लागि दिइएको अनुदान रोकिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दै विश्वभर अमेरिकाले गर्ने सहयोगलाई कटौती गर्ने निर्देशन जारी गरेका थिए। जसअन्तर्गत सबै किसिमको अनुदान स्थगन गर्ने र ९० दिनको समीक्षापछि निर्क्यौल गर्ने निर्णय गरेका थिए । त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार