मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

इन्डोनेसियामा विद्यालय भवन भत्किंदा एक जनाकाे मृत्यु: दर्जनाैं घाइते

Nagarik Sewa 4881+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

एजेन्सी । इन्डोनेसियामा साेमबार एक विद्यालय भवन भत्किंदा एक जना विद्यार्थीकाे मृत्यु भएकाे छ। साेही घटनामा परी दर्जनाैं घाइते हुनुका साथै ६५ जना विद्यालयकाे भवनमा पुरिएकाे प्रहरीले अनुमान गरेकाे हाे । अस्थिर कङ्क्रिटको भग्नावशेषमा फसेका विद्यार्थीहरूलाई उद्धारकर्ताहरूले अक्सिजन र पानी उपलब्ध गराउँदै आएकाे समेत जनाएकाे छ । मंगलबार बिहानसम्म १२ घण्टा भन्दा बढी समय बितिसक्दा पनि बाँचेका मानिसहरूलाई मुक्त गर्न उनीहरू निरन्तर प्रयासरत हुन् ।

पूर्वी जाभाको सिडोआरजोस्थित अल खोजिनी इस्लामिक बोर्डिङ विद्यालयमा भएको दुर्घटनापछि उद्धारकर्मी, प्रहरी र सैनिकहरूले रातभरि उत्खनन गरी ८ जना कमजोर र घाइते विद्यार्थीलाई बाहिर निकाल्न सफल भएका थिए । तर भग्नावशेषभित्र थप शव देखिएकाले मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।

भग्नावशेष हल्लिएर अर्को दुर्घटना हुने जोखिम देखिएपछि मंगलबार बिहान सावाँ १० बजे उद्धार कार्य अस्थायी रूपमा रोक्नु परेको थियो । घटनास्थलमा रहेका दर्जनौं एम्बुलेन्स र उद्धार टोलीहरूले सुरक्षाको कारण सबैलाई तत्काल क्षेत्र खाली गर्न आग्रह गरेपछि उपस्थितहरू आतंकित हुँदै भागेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार