सिन्धुपाल्चोकबाट २२४ जना सम्पर्कविहीन

Nagarik Sewa 4771+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

सिन्धुपाल्चोक । भोटेकोसीमा आएको बाढीपछि सिन्धुपाल्चोकका २२४ व्यक्ति  सम्पर्कविहीन भएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भोटेकोसी गाउँपालिकाका ६५, बाह्रबिसे नगरपालिकाका ५९, बलेफी गाउँपालिकाका २९, सम्पर्कबिहीन भएको जानकारी दिए ।

त्यसैगरी, जुगलका १६, चौतारा साँगाचोकगढी नगरपालिकाका १४, मेलम्ची नगरपालिकाका १४, सुनकोशी गाउँपालिकाका १४, त्रिपुरासुन्दरी गाउँपालिकाका पाँच, हेलम्बु गाउँपालिकाका चार र लिसङ्खुपाखर गाउँपालिकाका तीनजना पनि सम्पर्कविहीन भएका छन् ।

सिन्धुपाल्चोकबाट कैलाशमान सरोवर जाने विदेशीका गाइड, भरिया, व्यापारी, गोसाइँकुण्ड गएका तीर्थयात्री, हाइड्रोपावरमा काम गर्ने जनशक्ति र रसुवा भन्सार कार्यालय आसपास व्यापारिक काम गर्ने नागरिक सम्पर्कविहीन भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार