मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु

Nagarik Sewa 4670+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

गाजा। गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासले मारिनेमा मध्य गाजामा अवस्थित देर अल(बालाह सहरका मेयर पनि रहेको जानकारी दिएको छ।

त्यहाँ १३ जनाको मृत्यु भइसकेको छ भने १० जना उपचारका लागि आएको चिकित्सकहरुले बताएका छन् । त्यस्तै गाजाको एक विद्यालयमा १ महिला र उनको बच्चासहित ७ जनाको मृत्यु भएको छ। इजरायलले उक्त विद्यालयलाई हमासले आफ्नो आधारको रूपमा प्रयोग गरिरहेको दाबी गरेको छ। इजरायलले धेरै पटक विद्यालयलाई हमासले आफ्नो आधारका लागि प्रयोग गरिरहेको बताएको छ, तर हमासले यसलाई अस्वीकार गर्दै आएको छ ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो । गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार