मुख्य समाचार
काठमाडौं महानगरका पहरी प्रमुख पाण्डेको निलम्बन फुकुवा गर्न उच्च अदालतको आदेश | केयर गिभर’को रूपमा इजरायल जान लागेका ३५ नेपाली रोकिए | प्रधानमन्त्री ओलीसँगको छलफलका लागि बालुवाटार पुगे देउवासहितका शीर्षस्थ नेताहरू | एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ | नेप्सेमा सामान्य अंकको गिरावट | कारागार चलान भएको एक जना बन्दीको दोस्रो दिनमै मृत्यु | यी हुन् मन्त्रिपरिषद बैठकका १९ महत्वपूर्ण निर्णय | एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न | रास्वपाका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार | वायु प्रदूषणका कारण नेपालमा वार्षिक २६ हजारको अकालमा मृत्यु |

२४.५० अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 2095+ समाचार ( )
१५ माघ २०८१, मङ्गलबार

काठमाडौं।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २४.५० अङ्कले वृद्धि भई २६५७.७७ को बिन्दुमा कायम भएको छ। आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २२, वित्त एक दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ६८, जलविद्युत् एक दशमलव ४९ र लगानी समूह एक प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन एक दशमलव २३, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव २४ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।

चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाईड्रोपावर लिमिटेड, थ्रीस्टार हाईड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ४३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रू ३८ करोड २१ लाख ३२ हजार एक सय ८७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फन्ड–२ को दश लाख तीन हजार तीन सय कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै