मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

काठमाडौं महानगरपालिकाका कर्मचारीले पाए तलब

Nagarik Sewa 4697+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

काठमाडौं। महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने ‘प्रमुख प्रशासकीय अधिकृत सर कार्यालय फर्किएपछि सबैको तलब आएको छ’। 

गत पुसमा अनधिकृत कार्य गरेको भन्दै गुरागाईं मेयर बालेन्द्र शाह  ‘बालेन’ ले बिदामा बस्न लगाएका साथै  कार्यालयमा आउन रोक लगाएका थिए । त्यसपछि तलब नपाएको भन्दै महानगरका कर्मचारी जनप्रतिनिधिले  बिहीबार मात्रै गुरागाईं कार्यालयमा प्रवेश गराएका थिए। गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन मेयर शाहले नगर प्रहरी खटाएका थिए । साथै गुरागाईं कार्यकक्ष प्रवेश गर्ने क्रममा महानगर प्रहरीले अवरोध सिर्जना गरेको थिए । गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईंलाई हाजिर गराएको थियो ।

तर अहिले गुरागाईंलाई कार्यालयमा जान कुनै रोकतोक नभएको काफ्लेको भनाई छ । यसअघि गत पुसदेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाले काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीसहित करिब ४ हजार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए ।

यसमध्ये शिक्षकहरूले ५ महिनादेखिको तलब बुझेका थिएनन् भने अन्य कर्मचारीले तीन महिनायता तलब बुझ्न नपाएको महानगरले जनाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार