पहलगाममा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा कडा शब्दमा निन्दा

Nagarik Sewa 4849+ समाचार ( )
१० वैशाख २०८२, बुधवार

काठमाडौं। जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कडा शब्दमा निन्दा गरेको छ। सरकारले शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।

“नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ। नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ। यो हाम्रो दृढ अडान हो। आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्”, विज्ञप्तिमा भनिएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १७ जना घाइते भएका छन्। ज्यान गुमाउनेमा एक जना नेपालीसमेत रहेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार