मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

१२.०३ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4720+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार १२.०३ अंकले बढेर २७६१.८४ विन्दुमा पुगेको छ। आज पाँच अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । नेप्सेमा ३२६ कम्पनीका कुल एक करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच भएको छ । सूचक उकालो लागेसँगै बजारमा १४३ कम्पनीको मूल्य बढेको छ भने १०६ कम्पनी घटेको छ । दुई कम्पनी स्थिर रहे ।

सोमबार कारोबारमा हिमस्टार ऊर्जा कम्पनी ६.०७ प्रतिशतले बढ्दै शीर्ष बढ्ने कम्पनीमा पर्‍यो । यस कम्पनीको सेयरमूल्य २६७ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक २५.८७ अंकले बढेको छ । सिद्धार्थ डिबेन्चर ४३.६० अंकले बढेको छ । सिद्धार्थ बैंकको सेयरमूल्य ३.२८ प्रतिशतले बढेको छ ।

उच्च कारोबार गर्ने कम्पनीमा भने नेपाल पुनर्बिमा कम्पनी अगाडि छ । यस कम्पनीले २८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ । एभरेस्ट बैंक र हिमालयन डिस्टिलरी शीर्ष कारोबार गर्ने कम्पनीमा परेका छन्। नेप्सेको प्राविधिक तालिका अनुसार, दिनभर बजारमा उतारचढाव भए पनि अन्तिम समयमा परिसूचक हरियो हुँदै बन्द भएको छ । समूहगत सूचकतर्फ व्यापार र अन्य समूह सूचक रातो देखिए । बाँकी समूह सूचक हरियो देखिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार