मुख्य समाचार
यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला | राज्यबाट कानुनी उपहास भयो, दीर्घकालमा देशले क्षति नै क्षति भोग्नुपर्नेछ: एनसेल | पत्रकार श्रेष्ठलाई थुना अनुमतिका लागि अदालत लगिँदै | काठमाडौंमा आज ‘ठूलो’ वर्षाको सम्भावना | शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: शेरबहादुर देउवा | सिंहदरबार प्रवेशमा पत्रकारलाई कडाइ: नाम टिपाएर मात्रै प्रवेश अनुमति | श्रमसंस्कृति पार्टीमा एकताको चार महिनामै हर्क र सुदनबिच चर्कियो खटपट | निजामती कर्मचारीलाई ३०-५५ लागू गरेर हटाउन अर्थले दियो सहमति |

८.८१ अंकले बढ्यो नेप्से परिसूचक

Nagarik Sewa 4713+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अंकले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ ।  ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अंकले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अंकले बढेर १८२ दशमलव १६ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अंकले बढेर १५७ दशमलव ३३  मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर रु तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद बिक्री भएको छ  ।  आज १३ उपसमूहमध्ये १० उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो । एक उपसमूह स्थिर रह्यो । आज  १७१ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो । 

नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्रभु बैंक डिबेञ्चर, ग्लोबल आइएमई बैंक डिबेञ्चर, स्ट्रान्डर्ड चार्टड बैंकको डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार