मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त

Nagarik Sewa 4881+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द अवकाशमा गएका छन् । डीआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर उनी मङ्सिर ३० बाट अवकाशमा गएका हुन् ।

उनी आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका थिए ।

चन्दको अवकाशसँगै प्रहरीमा डीआईजीको ३ वटा दरबन्दी रिक्त भएको छ । डीआईजीद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।

मङ्सिर २८ मा बढुवा समितिले उनीहरूले एआईजीमा बढुवा गर्न सिफारिस गरेसँगै प्रहरीमा डीआईजीको ३ पद रिक्त भएको छ ।

मन्त्रिपरिषद्‍बाट सिंह र बोहराको बढुवा नियुक्तिबारे निर्णय हुनुअघि नै ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न मिल्ने प्रहरी अधिकृतहरू बताउँछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै