एसीसी यू–१९ एसिया कपअन्तर्गत नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै

Nagarik Sewa 3675+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्धको आफ्नो पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । 

खेल नेपाली समयअनुसार आज बिहान १०ः४५ बजे शारजहास्थित शारजहा क्रिकेट रंगशालामा सुरु हुँदै छ । आजै सुरु भएको प्रतियोगिताअन्तर्गत नेपाल रहेको समूह ‘बी’को अर्को खेलमा बंगलादेश र अफगानिस्तान भिड्दै छन् ।

 नेपाली टोली यसप्रकार रहेको छः हेमन्त धामी (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउँद, युनिशविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार