पर्यटन मन्त्रीद्वारा महाशिवरात्रिको तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन

Nagarik Sewa 4847+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महाशिवरात्रि भव्य रूपमा सम्पन्न गर्नेगरी तयारी तीव्र र व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा महाशिवरात्रि तयारीको अवस्थाबारे जानकारी लिन पर्यटनमन्त्री पाण्डे शुक्रवार बिहान पशुपतिनाथ पुग्नुभएका मन्त्री पाण्डेले महाशिवरात्रिलाई भव्य बनाउन तयारी व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिनुभएको हो । 

उहाँले विगतका वर्षहरुमा भन्दा अझ बढी व्यवस्थित बनाइ भक्तजनलाई सहज रूपमा दर्शन गर्न मिल्ने गरी तयारी गर्न आग्रह गर्नुभयो । महाशिवरात्रि नेपालीहरूको महान् पर्व भएको र नेपाललाई चिनाउने पशुपति नाथ भएकाले पशुपतिनाथको महिमालाई शिखरमा पुर्‍याउने दिन महाशिवरात्रि भएको उल्लेख गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार