मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

रवि लामिछानेको बन्दप्रत्यक्षीकरणको मुद्दा लगातार छैटौं हेर्न नमिल्ने सुचिमा

Nagarik Sewa 4670+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौं। रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको मुद्दा सोमबार पनि लगातार छैटौं पटक सर्वोच्च अदालतमा  ‘हेर्न नमिल्ने’ इजलासमा पुगेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा तोकिएको रिट निवेदन कानुन व्यवसायीहरू र न्यायाधीशबीचको नाता सम्बन्धका कारण हेर्न नमिल्ने अवस्थामा पुगेको हो ।

आइतबार मात्र न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले ‘हेर्न मिल्ने’ न्यायाधीशको इजलासमा मात्र पेसी तोक्न आदेश दिएको थियो । यो आदेशअनुसार सर्वोच्च प्रशासनले रेकर्ड हेरेर ‘हेर्न मिल्ने’ न्यायाधीशहरूको इजलासमा पेसी तोक्नुपर्ने व्यवस्था मिलाएको थियो ।

तर, परिस्थितिको यस्तो बन्यो कि दुवै व्यक्तिका कानुन व्यवसायीहरूको इजलासका दुवै न्यायाधीशसँग नाता सम्बन्ध जोडिएकाले दुवै मुद्दा हेर्न नमिल्ने भएको हो ।

रविको पक्षमा वकालत गर्न आएका कानुन व्यवसायी बद्री राउतको नाता प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग पर्छ भने सहकारीको रकम अपचलनको मुद्दामा थुनामा रहेका छविको पक्षबाट वकालत गर्न आएका कानुन व्यवसायी पुष्पराज पाण्डेको नाता न्यायाधीश नित्यानन्द पाण्डेसँग पर्‍यो ।

सर्वोच्चतले उच्च अदालत तुल्सिपुरको बुटवल इजलासले गरेको थुनछेक सम्बन्धी एकै प्रकृतिको मुद्दासमेत भएकाले रवि र छविको रिट एकैठाउँमा राखेर ‘लगाऊ मुद्दा’ बनाएको छ ।

इजलासमा रविको पक्षबाट बहस गर्न उपस्थित भएका वरिष्ठ अधिवक्ता सुशील पन्तले रेकर्ड हेरेर हेर्न मिल्ने न्यायाधीशकोमा पेस गर्न माग राखेका थिए।

न्यायाधीश नित्यानन्द पाण्डेले अबसम्मको रेकर्ड हेरेर ‘हेर्न मिल्ने’ न्यायाधीशहरूको इजलासमा अर्को पेसी तोकिने बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै