काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको विशेष भेला भईरहेको छ। राष्ट्रिय सभा गृहमा जारी भेलामा बोल्ने नेताहरूले विशेष महाधिवेशन आह्वान गर्नुपर्ने पक्षमा भनाइ राखिरहेका छन्।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि ११ मंसिरमा बस्दैछ । केन्द्रीय समिति बैठकले विशेष महाधिवेशनको मिति तोकिनुपर्ने उनीहरूको माग छ । भेलामा विशेष महाधिवेशनको पक्षमा रहेका पुराना पुस्ताका नेता, जिल्ला सभापति, नयाँ पुस्ता लगायतका नेताहरू सहभागी छन् ।
विशेष महाधिवेशनको माग गर्दै कांग्रेसका २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित लिखित माग गरेका छन् । २९ असोजमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग सहित लिखित प्रस्ताव पेश गरिएको छ । कांग्रेस विधान अनुसार प्रस्ताव पेश मितिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।