मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सिरहामा १४ वर्षीय बालकको हत्या

Nagarik Sewa 5112+ समाचार ( )
७ अशोज २०८२, मङ्गलबार

काठमाडौं। सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। तीन दिनअघिदेखि बेपत्ता भएका अभिषेकको शव मंगलबार बिहान अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए।

अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए। सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न गएको ठानेर त्यति धेरै खोजतलास गरेनन्। तर, अर्को बिहानसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। 

यही क्रममा परिवारका सदस्य वडा अध्यक्ष महतोकहाँ पुगेका थिए। त्यतिबेला मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएको पाइएको वडा अध्यक्ष महतोले बताए। हिन्दीमा लेखिएको उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो। साथै, प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो।

घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष महतोसहित स्थानीयले आफ्नो स्तरबाट खोजतलास सुरु गरेका थिए। तर, आज बिहान घर नजिकै बालकको शव भेटियो। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख आनन्द राम शर्माले घटनास्थलमा कुकुरसहितको प्रहरी टोली पुगेको जानकारी दिएका छन्। प्रहरीले शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाउने तयारी गरिरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको शर्माले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार