मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

खो खो विश्वकपको उपाधिका लागि नेपाली पुरुष र महिला टिमले आज भारतको सामना गर्दै

Nagarik Sewa 5112+ समाचार ( )
६ माघ २०८१, आइतबार

काठमाडौं। पहिलो संस्करणको खो खो विश्वकपको उपाधिका लागि नेपाली पुरुष र महिला टिमले आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्सको इन्डोर हलमा आयोजक भारतको सामना गर्दै छन् । प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनल बेलुका ७ बजे तथा पुरुषतर्फको फाइनल खेल राति ८ः१५ बजे सुरु हुनेछ । 

हालसम्म नेपालले कुनै पनि स्पोर्ट्स स्पर्धामा विश्वकपको फाइनल खेल्न लागेको यो पहिलोपटक हो । महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल खेल्न लागेका हुन् । पुरुषतर्फ भारत अपराजित रहेर फाइनल पुग्दा नेपालले समूह चरणमा भारतसँगै एक खेल हारेको थियो ।

प्रतियोगितामा नेपाली महिला टोलीले समूहमा सबै चार खेल जित्यो । नेपालले समूह चरणमा पहिलो खेलमा भुटानलाई ९३–२४, दोस्रो खेलमा जर्मनीलाई ७३–३४, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले हरायो । 

यस्तै, नेपालले प्रतियोगिताको क्वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले पाखा लगायो । सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गरेर फाइनलको यात्रा गर्‍यो। नेपाल अब आफ्नो लय कायम राख्दै आयोजक भारतलाई हराएर इतिहास रच्ने योजनामा छ । यस्तै, पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्‍वाटरफाइनल पुगेको थियो ।

पहिलो खेलमा भारतसँग ४२–३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४, तेस्रो खेलमा ब्राजिललाई १३४–८ र चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हरायो ।

क्वाटरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ को अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यस्तै, सेमिफाइनलमा नेपालले इरानलाई ७२–२० ले हरायो । अब नेपाली टिम भारतविरुद्ध समूह चरणको बदला लिँदै उपाधि जित्ने दाउमा छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार