आज विश्व टेलिभिजन दिवस

Nagarik Sewa 4640+ समाचार ( )
६ मंगशिर २०८१, बिहीबार

काठमाडौं। आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । सन् १९९६, डिसेम्बर १७ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरे अनुरूप हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिएको हो।

सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा सशक्त सञ्चारको माध्यमका रुपमा लिइन्छ। तर पछिल्लो समय सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दो क्रममा छ।

सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण शुरु गरेको थियो  । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भएको हो । नेपालमा २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार