काठमाडौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अंकले बढेको छ । साताको तेस्रो कारोबारका दिन परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को विन्दुमा बन्द भएको हो ।
मंगलबार बजारमा १ करोड २० लाख ८१ हजार ६०६ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन सोमबार मात्रै ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा बन्द भएको थियो ।
मंगलबार सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक र ङादी हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोल्टी पावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।