५ सय ४४ नेपाली साउदीको जेलमा

Nagarik Sewa 4431+ समाचार ( )
१ आश्विन २०८२, आइतबार

साउदी। वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका ५ सय ४४  नेपाली साउदीको कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा जेल परेका छन्। अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् । 

साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय रुपमा  हेरिन्छ। साउदीस्थित नेपाली दूतावासका  श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार  अनुसार ५ सय ४४ जना नेपाली विभिन्न कारणले  जेलमा रहेको बताए । 

उनका अनुसार ३ सय ४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसारको अभियोगमा , ८४  जना लागु‍औषध ओसारपसार , ५३  जना  चोरी  मुद्दामा,बेश्यावृतीमा १२  जना , तोडफोडमा १६  जना, घुसखोरीमा १५ जना ,हत्यामा ४ जना, नियम उल्लङ्घनमा ७  जना, अन्य गतिविधिमा संलग्न रहेको आरोपमा १६  जना  जना जेल परेको बताए। जसमध्ये ३ सय ४१   जनालाई आधिकारिक रुपमा फैसला सुनाएर जेल चलान गरिएको छ भने २ सय ३  जनाको फैसला आउन बाँकी रहेको छ । 

नेपाली राजदूत डा. नरेश बिक्रम ढकालले वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा कर्मथलो बनाएर कार्यरत नेपालीहरूले कानुनविपरीतका गतिविधि र साथीभाइको प्रलोभनमा परेर जेल चलान भएकोमा  दुःख व्यक्त गर्दै  यस्तो दुर्घटनाबाट बच्न नेपाली कामदार  स्वयं  सजक रहनुपर्ने बताउनुभयो। 

साउदीमा लगभग चार लाख नेपाली कार्यरत रहेको अनुमान गरिन्छ  साथै रोजगारीका लागि यहाँ आउने नेपालीको संख्या  बढ्दो छ। पछिल्लो समय कम्पनी छोडेर अरू नै कम्पनीमा काम गर्नका लागि भाग्नेको संख्या पनि बढ्दो छ   श्रम सम्झौताभन्दा बढी पैसाको लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुनविपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका पाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार