मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

संसदीय समितिका छानबिन प्रतिवेदन किन लुकाइयो ?

Nagarik Sewa 5112+ समाचार ( )
१७ कार्तिक २०८३, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विभिन्न छानबिन समितिका प्रतिवेदन सरकारले लुकाएको आरोप लगाएका छन् । सिंहदरबारमा सोमबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा पौडेलले छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले संसद् सञ्चालन गर्न र छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न माग गरे । कांग्रेसका प्रतिनिधिसभा सदस्यहरूलाई समेत प्रतिवेदनमा उल्लेख भएका विषय सार्वजनिक गराउन भूमिका खेल्न उनले आग्रह गरेका छन् ।

“सरकार स्वेच्छाचारी भयो । संसदीय समितिका प्रतिवेदनमा के छ ? किन लुकाइयो ? सभामुखलाई संसद् सञ्चालन गर्न लगाउनुपर्‍यो । सञ्चार गृहअगाडि गाडीहरू राखिएको विषय लगायतका सत्यतथ्य बाहिर आउनुपर्‍यो । खोजी गर्नुपर्‍यो । संसद् बोलाउन सभामुखलाई आग्रह गरौँ,” उनले भने । कांग्रेसले सम्पत्ति छानबिन आयोग, सुरक्षा निकायको भूमिका छानबिन समिति, सुधन गुरुङको सम्पत्ति तथा लगानी छानबिन समिति, गणेश नेपाली आत्मदाह प्रकरण छानबिन समिति, कप्तानगन्ज घटना अध्ययन समिति, सिरहा–सप्तरी घटना छानबिन समिति तथा सञ्चारगृहअगाडि गाडी राखिएको घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

त्यस्तै, पत्रकारमाथिको धरपकड, न्यायपालिकामा देखिएका विकृति तथा अन्य घटनाको समेत छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार