अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

Nagarik Sewa 4401+ समाचार ( )
३० माघ २०८२, बिहीबार

दाङ। देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।  

गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो ।

भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार