सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेता यान दोङ नेपाल आउँदै

Nagarik Sewa 4591+ समाचार ( )
२१ असार २०८३, आइतबार

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टीका नेता एवं वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। अर्थ मन्त्रालयको निमन्त्रणामा उहाँ नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल–चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठकमा सहभागी हुन उहाँ नेपाल आउन लागेको बताइएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणबाट फर्केपछि चीनबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। मंगलबार बस्ने द्विपक्षीय बैठकको नेतृत्व नेपालको तर्फबाट अर्थ सचिव र चीनका तर्फबाट वाणिज्य उपमन्त्री यानले गर्ने बताइएको छ।

मन्त्री खनालको भ्रमणको क्रममा नेपाल र चीनबिचको द्विपक्षीय व्यापार, आर्थिक, प्राविधिक सहायता, कनेक्टिभिटी, सडक सञ्जाललगायतको विषयमा भएको कुराकानीबारे पनि थप छलफल हुने बताइएको छ। चिनियाँ उपमन्त्री यानले अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार