मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

कक्षा १२ को परीक्षा सरेको छैनः राष्ट्रिय परीक्षा बोर्ड

Nagarik Sewa 4670+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको जनाएको छ। सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर समेत राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना फैलन थालेपछि बोर्डले त्यसको खण्डन गरेको हो। भ्रामक सूचनाको भर नपर्न र आधिकारिक वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन बोर्डले आग्रह गरेको छ।

बोर्डले प्रकाशिन गरेको सूचनामा विद्यार्थीहरूलाई धैर्यपूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह पनि गरिएको छ। ‘बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ,’ बोर्डले भनेको छ।

परीक्षाजस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्नेउपर साइबर कानुनअनुसार आवश्यक कारबाही लागि प्रक्रिया अगाडि बढाइएको बोर्डको भनाइ छ। सामाजिक सञ्जालहरुमा शिक्षक–कर्मचारीको जारी आन्दोलनका कारण परीक्षा सरेको भन्ने हल्ला आज शुक्रबार बिहानैदेखि फैलिरहेको छ। त्यही आधारमा कतिपयले परीक्षा सरेको भन्ने जानकारी सञ्जालमा राखेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार