काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य मंगलबार (माघ १३) पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेको हो । अब सुनको मूल्य तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । सोमबार (माघ १२) मा प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ६ हजार ७६५ रुपैयाँ थियो ।