काठमाडौं। भारतीय क्रिकेटर विराट कोहलीले सोमबार इन्स्टाग्राममा पोष्ट गर्दै टेष्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। क्रिकेटको लामो फर्म्याटमा कोहलीले १२३ खेल खेल्दै ४६.८५ को औषतमा ९ हजार २३० रन बनाएका छन्।

‘टेष्ट क्रिकेटमा मैले पहिलो पटक ब्याग्गी ब्लु जर्सी लगाएको १४ वर्ष भइसक्यो । इमानदार भएर भन्नुपर्दा, यो फर्म्याटले मलाई जहाँसम्म ल्याउँछ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ । यसले मलाई परिक्षण गर्यो, आकार दियो, र जीवनभर पाठहरू सिकायो,’ कोहलीले इन्स्टाग्राम पोस्टमा लेखेका छन् ।
‘अब म यो फर्म्याटबाट टाढा हुँदैछु, यो सजिलो थिएन । तर मलाई ठीक जस्तो लाग्छ । मैले यो खेललाई जति दिन सक्थेँ, सबै दिएको छु, र यसले मलाई मैले सोचेभन्दा धेरै दिएको छ ।’ उनले भने । कोहलीले सधैँ मुस्कानका साथ आफ्नो टेस्ट करिअरलाई फर्केर हेर्ने बताएका छन् ।