सुरक्षाकर्मीसँगको मुठभेडमा मारिए माओवादीका सर्वोच्च नेता

Nagarik Sewa 4435+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

एजेन्सी । प्रहरीसँगको मुठभेडमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का सर्वोच्च नेता मारिएका छन्।

बुधबार बिहान छत्तीसगढको नारायणपुर जिल्लाको अबुजमद जंगलमा भएको मुठभेडमा परी भाकपा (माओवादी)का महासचिव नाम्बाला केशव राव मारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

द वायरका अनुसार सो जंगलमा मुठभेड हुँदा रावसहित २६ जना माओवादी मारिएका छन्। यसलाई भारतीय अधिकारीहरूले नक्सलवादविरूद्धको कारबाहीमा अहिलेसम्मकै ठूलो उपलब्धि भनेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले एक्समा पोस्ट लेख्दै माओवादीका महासचिव मारिएको पुष्टि गरेका छन्। प्रधानमन्त्री मोदीले यसलाई महत्त्वपूर्ण उपलब्धी बताउँदै सुरक्षा फौजप्रति गौरवान्वित रहेको बताए मुठभेडमा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन्। केहीलाई  अस्पताल पुर्‍याइएको र स्वास्थ्य स्थिर रहेको बताइएको छ।

सुरक्षाकर्मीले जंगलबाट ठूलो संख्यामा हतियारहरू बरामद गरेको छ। माओवादीले उक्त घटनाको निन्दा गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार